logo-img

‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियाे)

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा लिखित ‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक भएको छ ।
  
मंगलबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रममा बीच म्युजिक भिडियोसहितको गीत प्रधान सेनापति प्रभु राम शर्माले सार्वजनिक गरेका हुन् ।
 
गीत सार्वजनिक समारोहमा गीतकार उपरथी श्रेष्ठले नेपाली सेनाको काम र वीरतालाई लिएर सबै नेपालीको बुझाइमा एकरुपता नपाएको भन्दै त्यसलाई आफ्नो गीतमार्फत एकरुपता देखाउने सन्देश दिन खोजेको बताए । 

लेखक श्रेष्ठले भने, ‘नेपाली सेनाका कर्तव्यपरायण, कर्मठ सैनिकहरु तथा हाम्रा वीर पुर्खाहरुको योगदान र बलिदानको बारेमा सबै नेपाली नागरिकहरुको बुझाइमा एकरुपता पाइँदैन । म एक सैनिक भएको नाताले मलाई यो विषयले झक्झकाइरह्यो ।’ 

आफू व्यवसायिक लेखक नभएको उल्लेख गर्दै उनले थपे,‘मलाई नेपाली सेनाले निभाउँदै आएका संविधानप्रदत्त बहुपक्षीय जिम्मेवारी र योगदानलाई शब्दमा लिपिबद्ध गरी अभिव्यक्त गर्ने प्रेरणा मिल्यो ।’  





  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार १५:१८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया