बाराबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना, आठ घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बाराबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान ८ बजे जितपुर सिमरा उपमहानगरपालिका–२१ पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अमलेखगन्जमा सुमो दुर्घटना भएको हो ।  

प्रहरीका अनुसार निजगढ–८ का २० वर्षीय विकासकुमार चौधरी, ६४ वर्षीय नेथुलाल चौधरी, उनकी ६३ वर्षीया श्रीमती सजियादेवी चौधरी, १७ वर्षीय आदित्य भण्डारी घाइते भएका छन् । 

यस्तै, ३० वर्षीया सुमित्रा पौडेल र उनका ८ वर्षीय छोरा सारांश न्यौपाने, जितपुर सिमरा उपमहानगर–१६ पुलिवा बस्ने ३१ वर्षीय आरती तामाङ र सिन्धुली दुधौली नगर–९ का ७ वर्षीय किसान पोखरेल पनि घाइते छन्। 

ना १ ज ३८४७ नम्बरको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको हो । सुमोचालक निजगढ नगरपालिका–९ बस्ने ३७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 





  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार १६:२५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया