logo-img

महन्थ ठाकुर नेतृत्वको लोसपाले गर्‍यो संविधान दिवसको विरोध

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसको विरोध गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम गर्दै लोसपाले संविधान दिवसको विरोध गरेको हो । 

उक्त कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले नागरिकता विधेयक पास गरे पनि बिना पैसाको केही पनि काम नहुने बताए ।

उनले भने,‘नागरिकता विधेयक कहिले राष्ट्रपतिबाट रोक्ने, कहिले के गर्ने कार्यहरू भए । बल्ल बल्ल पारित भयो । सबैले त हैन कोही कोहीले नागरिकता पाइरहेका छन् तर दुःखको कुरा के छ भने बिना पैसा पाइरहेका छैनन् । भ्रष्टाचार कयौँ गुणा हरेक क्षेत्रमा प्रस्ट देखिएको छ ।’



देशको हरेक क्षेत्रमा भ्रष्टाचार प्रस्टै रूपमा देखा परेको बताए । महँगी बढेको र यसलाई नियन्त्रण गर्न सरकारले कुनै चासो नदेखाएको उनको भनाई छ ।  





  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार १६:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया