logo-img

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट, के भयाे कुराकानी ?

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्युयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटघाट भएको छ ।

राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भएको उनीहरूको भेटमा द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो । दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत पनि सहभागी थिए ।

प्रधानमन्त्री दाहालले राष्ट्र संघको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहेका छन् । 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार ७:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया