logo-img

शिक्षा विधेयकको विरोधमा शिक्षक : दोस्रो दिन पनि आन्दोलन जारी [तस्बिरहरू]

सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकले प्रदर्शन जारी राखेका छन् । काठमाडौंको माइतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षक आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो । 

आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । बुधबारबाट सुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । विद्यार्थी विद्यालय पुगेर फर्किएका छन् । 

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । उनीहरूले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर,’ ‘शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर,’  ‘शिक्षामन्त्री राजीनामा दे,’ ‘कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर,’ ‘१० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर,’ ‘राहत र उच्च मावि दरबन्दी स्वीकृत गर,’ ‘शिक्षा विधेयक संशोधन गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।  



तस्बिरमा हेर्नुहोस्, शिक्षकको दोस्रो दिनको आन्दोलन : 

 





 

 

  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १२:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया