logo-img

सर्लाहीको मलंगवामा कर्फ्यू  जारी

सर्लाहीजिल्ला सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलंगवाले  गए राति १०:०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । 

 मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलंगवा–३ मा  विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १०:०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कफ्र्यु आदेशमा भनिएको छ । 

कर्फ्यू आदेशपछि अहिले मलंगवाको  स्थिति सामान्य रहेको सर्लाहीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।  





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार ७:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया