आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सर्‍यो

आन्तरिक छलफलका लागि भन्दै सरकारले थप समय मागेपछि आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सरेको छ । बिहान ९ बजे आन्दोलनरत शिक्षकहरूसँग सरकारले छलफल गर्ने भने पनि आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ता समय सारिएको हो ।

 बिहान ९ बजे नै आन्दोलनरत शिक्षकका प्रतिनिधिहरू छलफलका लागि सिंहदरबार पुगेका थिए । तर, आज बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग छलफल गरेका थिए । 

छलफलपछि कानुन मन्त्री गुरुङले आज नै वार्ता निष्कर्षमा पुग्ने बताए  । तर दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनेसँगै वार्ता समय सरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । उनले वार्ताका लागि दुवै पक्ष आन्तरिक तयारीमा जुटेको बताए ।  





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार १०:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया