logo-img

एसियन गेम्समा भिएतनामसँग नेपाल २-० गोलले पराजित
फाइल तस्बिर

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले चीनमा जारी १९औँ एसियाली खेलकुदमा खराब सुरुवात गरेको छ । शुक्रबार समूह ‘डी’ को पहिलो खेलमा नेपाल भिएतनामसँग २–० गोल अन्तरले पराजित भयो ।   

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल बेहोर्न पुग्यो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एन तथा ६४औँ मिनेटमा थि बीच थुइले एक/एक गोल गरे ।

नेपालले अब सोमबार समूहको दोस्रो खेलमा जापानसँग खेल्नेछ । यस्तै, नेपालले समूहको अन्तिम खेलमा बिहीबार बंगलादेशसँग खेल्ने तालिका छ  ।  
 







  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार १६:२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया