logo-img

अरूको खुट्टा तान्ने प्रवृत्तिले समाजवादको सपना पूरा हुँदैन : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री​ सुदन किरातीले जनता र सहिदका सपना पूरा गराउन वामपन्थीलाई एकताबद्ध बनाउन लेखकले सशक्त सिर्जना गर्नुपर्ने बताएका छन् ।

प्रगतिशील लेखक सङ्घ (प्रलेस) को ७२औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री किरातीले विश्वमै कम्युनिष्ट रक्षात्मक स्थितिमा रहेका बेला नेपालमा कम्यनिष्ट एक हुन नसकेको बताए । 

उनले वि.सं २००९ देखि प्रलेसमा सबै वामविचारमा लेखक सङ्गठित भएको सन्दर्भ उल्लेख गर्दै सङ्घले एकताका लागि पहल गर्ने ताकत राख्ने बताए । ‘आफ्नो उचाइ अग्लो बनाउन अरूलाई खुट्टा तान्ने प्रवृत्ति कम्युनिष्टमा देखिन्छ । यो प्रवृत्तिले समाजवादको सपना पूरा हुँदैन । लेखकले सशक्त रचनाका माध्यमबाट यस्ता गलत संस्कृतिको चिरफार गर्नुपर्छ,’ मन्त्री किरातीले भने ।



उनले समाजवादी संस्कृतिको उजागर गर्दै वैचारिक अभियानलाई निरन्तर अघि बढाउन प्रलेसलाई आग्रह गरे ।  





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार २३:०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया