logo-img

आज क्यानको निर्वाचन हुँदै, अध्यक्षको प्रतिस्पर्धामा चतुरबहादुर चन्द र विनयराज भण्डारी

काठमाडौं नेपाल क्रिकेट संघ–क्यानको निर्वाचन आज शनिबार हुँदैछ । नयाँ नेतृत्व चयनका लागि नयाँबानेश्वरको एभरेष्ट होटलमा १२ बजेपछि मतदान सुरु हुँदैछ । १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८५ जनाले मतदान गर्नेछन् ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । चन्द यसअघि क्यानका अध्यक्ष थिए । चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा र उपाध्यक्षमा रोशन सिंह भिड्दैछन् ।

पारसको विरुद्धमा सचिवमा क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल मैदानमा छन् ।
 







  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार ९:३२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया