logo-img

क्यानको अध्यक्षमा पुनः चतुरबहादुर चन्द, सचिवमा पारस र प्रशान्त भिड्ने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध चयन भएको छ । अध्यक्षका अर्का प्रत्यासी बर्दिया क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले प्रस्तावक र समर्थक दुवै नपाएपछि भन्द अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । 

त्यस्तै, रोशन सिंह उपाध्यक्ष बन्ने निश्चित भएको छ । कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्का र महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।  

सचिवमा भने पारस खड्का र प्रशान्तविक्रम मल्लले प्रतिस्पर्धा गर्ने भएका छन् । पारसले चतुरबहादुर चन्द प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन् । उनी केहीअघि मात्रै बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए ।



सचिवका अर्का उम्मेदवार प्रशान्तविक्रम मल्ल यसअघि पनि सचिव थिए । क्यानको निर्वाचनमा ८४ मतदाता छन् । 





  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार १२:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया