logo-img

गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन, सभापतिले सरकारलाई निर्देशित गर्न सक्नुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन जोगाउनु मात्र उपलब्धि नभएको बताएका छन् । आइतबार केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा उनले सरकारलाई निर्देशित गर्न सक्नुपर्ने बताए । 

उनले भने, ‘सभापति ज्यूको नेतृत्वमा प्रधानमन्त्रीकोमा गएर यो काम गर भनेर भन्न सक्नुपर्छ । सरकारलाई निर्देशित गर्न सक्नुपर्छ । गठबन्धन जोगाउनु मात्र उपलब्धि हैन ।’ 

नेता पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । उनले देशको आर्थिक अवस्था दयनीय रहेको बताएका छन् ।



नेता पौडेलले भने, ‘एक बोरा चामलको मूल्य तीन सयसम्म बढेको छ । बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्न सक्नुपर्‍यो ।’

देशको आर्थिक संकटले  सबै पलायन हुने अवस्था आएको भन्दै उनले सरकारमा बसेर पार्टीलाई लोकप्रिय बनाउनुपर्नेमा जोड दिए ।
 





  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार १३:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया