सल्यानमा जिप दुर्घटना : दुईको मृत्यु, एकजना गम्भीर घाइते
फाइल तस्बिर

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । 

रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा मृत्यु हुने दुवै पुरुष रहेका छन् । उनीहरूको पहिचान खुल्न बाँकी रहेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।   

जिप सडकदेखि झन्डै ३ सय मिटर तल खसेको छ । दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका–२ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन । जिप तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको आशंका छ । 





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार ८:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया