logo-img

एसियन गेम्स : पहिलो जितको खोजीमा नेपाल, आज जापानसँग भिड्ने

चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालले महिला फुटबलमा आज जापानको सामना गर्दैछ । नेपाल र जापानबीचको खेल दिउँसो सवा ३ बजे हुनेछ ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा भियतनामसँग २–० को हार बेहारेको थियो । 

जापानले भने आफ्नो पहिलो खेलमा बंगलादेशलाई ८–० गोल अन्तरले हराएको थियो । हाल जापान फिफा वरियतामा आठौँ र नेपाल १०१औं स्थानमा छ । 



एसियन गेम्सअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका छ । 
 
 





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार ८:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया