logo-img

कोशी प्रदेशको सुरक्षा अवस्थाबारे विराटनगरमा छलफल

कोशी प्रदेशका ६ जिल्लाको सुरक्षा अवस्थाबारे आज प्रदेश राजधानी विराटनगरमा अन्तरक्रिया कार्यक्रम भइरहेको छ । अन्तरक्रियामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुख पनि विराटनगर आएका छन् ।

कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र समस्याहरूको पहिचानका लागि छलफल आयोजना गरिएको जनाइएको छ । छलफलमा गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसहितको सहभागिता छ ।

गृहमन्त्रीसमक्ष इलाम, झापा, धनकुटा, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी दिने जनाइएको छ । यसै अवसरमा राजनैतिक दलका प्रतिनिधि र नागरिक समाजसँग पनि छलफल गरिने भएको छ ।
 







  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार १३:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया