logo-img

हामी पार्टी कब्जाको दौडमा छौँ, जनता अर्कैले कब्जा गरिसके : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहेको तर जनता अर्कैले कब्जा गरिसकेको टिप्पणी गरेका छन् ।

सोमबार केन्द्रीय समितिको बैठकमा उनले अहिलेको निराशा र असन्तुष्टिबाट जनताले पार्टीबाट आक्रोश मात्रै होइन विकल्पसमेत खोज्न थालिसकेको बताएका हुन् । 

उनले भने, ‘हामी पार्टी कब्जाको दौडमा छौँ । आ–आफ्नो ढङ्गले सभापतिजीले पनि गरिराख्नुभएको होला हामी पनि गरिराखेका छौँ । तर, पार्टी हामी कब्जा गर्न खोजिरहेका छौँ । जनता अर्कैले कब्जा गरिसकेका छन् । अहिलेको निराशा र असन्तुष्टिबाट अब जनता हामीबाट आक्रोशित मात्रै होइन विकल्प खोज्न थाल्या छन् भन्ने कुरा आत्मसाथ गरौँ यो पक्ष विपक्षको कुरा होइन ।’



उनले सिंहदरबारमा आगो लगाउँछु भन्दा समेत लाखौँको समर्थन मिलिरहेको भन्दै समाज मनोविज्ञान अराजकतातर्फ धकेलिएको तर्क गरे । 





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार १४:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया