logo-img

दसैँ-तिहारमा हुने कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्रता दिन्छाैँ : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दसैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका छन् ।

मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार अनुगमन गर्ने बताएका हुन् ।

मन्त्री रिजालले २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, ऊर्जालाई स्वच्छ एवं नवीकरणीय उर्जाले बिस्थापित गर्ने नीति लिएको पनि उल्लेख गरे । उनले तत्कालै देशभित्र नवीकरणीय र हरित ऊर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँसलगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरूत्साहित गर्न नसकिने बताए ।  



‘ग्यास आयातमा बर्सेनि अर्बौँ रुपैयाँ देश बाहिर गइरहेको तीतो यथार्थका बाबजुद एलपी ग्याँस उद्योग नेपालको महत्वपूर्ण उद्योगमध्येको एक हो । यसले देशमा राजश्व अभिवृद्धि, रोजगारी सिर्जना, व्यवसाय अभिवृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाइराख्नुमा ठूलो योगदान गरेको छ,’ मन्त्री रिजालले भने, ‘आउँदै गरेको दसैँ तथा तिहार जस्तो चाड पर्वमा अन्य उपभोग्य वस्तुको अलावा एलपी ग्यासको पनि बजारमा माग बढ्न जान्छ । यस्तो समयमा बजारमा कृत्रिम अभाव र कालाबजारीको पनि सम्भावना रहन्छ । सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न दिने छैन र निरन्तर बजार अनुगमन गरिनेछ ।’  

उनले उद्योगीले व्यावसायिक निष्ठा कायम राख्दै ग्याँस उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रूपमा विकास गर्न आग्रह गरे । मन्त्री रिजालले सबै ग्याँस उद्योगले आम जनताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै आफ्ना उत्पादन बजारमा ल्याउन आग्रह गरे ।  

सरकारले तोकेको सबैखाले मापदण्ड पूरा गर्न पनि मन्त्री रिजालको अनुरोध छ ।  





  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार १३:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया