logo-img

मुलुकको समृद्धिमा योगदान दिनेलाई जीवितै हुँदा सम्मान र सहयोग गर्छौ : मेयर महर्जन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरपालिकाले मुलुकको समृद्धिका लागि राम्रो काम गर्ने व्यक्तित्वको जीवित अवस्थामै सम्मान गर्ने नीति लिएको बताएका छन् । 

मंगलबार ललितपुरमा आयोजित क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको जीवनी ‘देउता बनाउने मान्छे’ शीर्षकको पुस्तक लोकार्पणमा उनले बाँचेकै अवस्थामा  सम्मान र सहयोग गरेमा बाँकी जीवन सहज हुने भएकाले यस्तो नीति लिएको बताएका हुन् । 

उनले भने, ‘ललितपुर महानगरपालिकाले मुलुकको समृद्धिका लागि राम्रो काम गर्ने व्यक्तित्वलाई बाँचेकै अवस्थामा सम्मान र गर्ने सहयोग नीति लिएको छ, यसले गर्दा उहाँहरूको आगामी जीवन सहज हुनेछ ।’



त्यस्ता व्यक्तित्वको सम्मानका लागि कन्जुस्याइँ नगर्ने भन्दै मुलुकलाई के गर्दा टेवा पुग्छ त्यो गर्न महानगरपालिका तयार रहने प्रतिबद्धता जनाए । 
 





  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार १७:२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया