logo-img

मंगोलियाविरुद्ध नेपालको दुवै ओपनिङ ब्याटर आउट
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्ध नेपालले दुवै ओपनरलाई गुमाएको छ । नेपालले आसिफ शेखलाई १६ र कुशललाई १९ रनमा गुमाएको हो ।

आसिफ र कुशलले पहिलो विकेटका लागि ४.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । मंगोलियाविरुद्ध टस हारेर नेपालले​ ब्याटिङ गरिरहेको हो । यो समाचार तयार पार्दासम्म नेपालले ८.१ ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ । 

नेपाल मंगोलियाविरुद्ध सहज जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गर्ने सोचमा छ । मंगोलिया भने नेपाललाई स्तब्ध पार्दै इतिहास रच्ने दाउमा छ । टी–२० मा नेपाल र मंगोलियाले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । समूह चरणअन्तर्गत नेपालले दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्ने तालिका छ ।



एसियन गेम्समा हालसम्म दुईपटक क्रिकेट प्रतिस्पर्धा भएको छ । दुवैपटक प्रतियोगितामा भाग लिएको नेपालले क्वार्टरफाइनलसम्मको यात्रा मात्र गरेको छ ।  नेपाल सन् २०१० को क्वार्टरफाइनलमा श्रीलंका तथा २०१४ को एसियन गेम्स क्वाटरफाइनलमा अफगानिस्तानविरुद्ध पराजित भएको थियो । 

यसपटक पनि समूह चरणमा कमजोर टिमसँग प्रतिस्पर्धा गरिरहेकाले नेपालको क्वार्टरफाइनल यात्रा पक्काजस्तै छ । समूह विजेता बनेमा नेपालले अन्तिम चारमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामध्ये एक टिमको सामना गर्नेछ । हालै एसिया कप खेलेको नेपालले यसपटक एसियन गेम्समा पदक जित्ने लक्ष्य लिएको छ ।





  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार ७:२७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया