logo-img

एमाले बागमती अधिवेशन : चुनावी प्रकृया सुरु हुँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको चुनावी प्रकृया आजदेखि सुरु हुँदै छ । अधिवेशनअन्तर्गत आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको तालिकाअनुसार निर्वाचन समितिले आज देखि निर्वाचन कार्यक्रम सुरु गर्नेछ । 

तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन गरिनेछ । अपरान्ह ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुट्याएको निर्वाचन समितिले अपरान्ह ५ बजे मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले बिहीबार बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा मतदान हुनेछ । अधिवेशनमा ११ सय ७४ मतदाता रहेका छन् । 

सुन तस्करी प्रकरणमा थुनामा रहेका प्रतिवादीको थुनछेक बहस आज सुरु हुँदैछ । जिल्ला अदालत काठमाडौंले करिब ६१ किलोग्राम सुन तस्करी प्रकरणका प्रतिवादीसँगको बयान मंगलबार सकिएपछि आजबाट थुनछेक बहस गर्न लागेको हो । 

हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको मंगलबार बहस सकिएकाले आजबाट थुनछेक बहस सुरु हुन लागेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । 

प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवादीलाई थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ ।





  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार ९:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया