logo-img

राज्यमा सुशासन नभए जनतामा अनुशासन हुँदैनः अर्जुननरसिंह केसी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राजनीतिबारे जनताका बीचमा अराजकताको मानसिकता जन्मेको बताएका छन् । 

बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आमरुपमा उत्पन्न असन्तुष्टिलाई राज्यले जसरी गम्भीर रुपमा लिनुपर्ने हो, त्यो लिन नसकेको बताए ।

‘सरकार मात्र नभई राजनीतिक पार्टीप्रति समग्र रुपमा परिस्थिति निराशाजनक छ’ नेता केसीले भने, ‘आम रुपबाट जुन असन्तुष्टि छ, त्यसलाई राज्यले गम्भीर रुपमा लिनुपर्छ । राज्यमा सुशासन भएन भने जनतामा अनुशासन हुँदैन ।’



उनले पार्टी विधिसम्मत् चलेन भने कार्यकर्ता अराजक हुने र त्यही खालको राष्ट्रिय परिस्थिति देखिन थालेको बताए । सबै राजनीतिक दलहरुले राज्यको अहिलेको स्थितिबारे सोच्नुपर्ने केसीले बताए ।
 





  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार १९:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया