logo-img

एकीकृत समाजवादीले मेची महाकाली यात्रा जागरण अभियान गर्ने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान गर्ने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिने बताएको छ । 

अभियानका क्रममा ठाउँ ठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेन्डाहरू जनतालाई सुनाउने एकीकृत समाजवादीले बताएको छ । आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको जानकारी दिँदै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकको वाम विकल्पको तयारी र आजसम्मको अधिकारका रक्षाको लागि सबै लोकतान्त्रिक शक्तिसँग मिल्दै अगाडि बढ्ने बताए । 

उनले भने, ‘अब हाम्रो संविधान अनुसार राज्यका निर्देशित सिद्धान्त अनुसार हाम्रो विदेश नीतिलाई स्पष्ट पार्न, ठोस पार्न, मूर्त गर्नको लागि विदेश नीतिका सन्दर्भमा समेत सरकारलाई निर्देशित गर्न कानुन बनाउनु पर्छ भन्ने हिसाबले हामीले आफ्नो दृष्टिकोण राखेका छौ । हामी स्पष्ट दिशामा अगाडि बढ्ने छौ । आगामी दिनमा हामी मुलुकको वाम विकल्पको समेत तयार गर्दै जाने छौ । आजसम्मको अधिकारका रक्षाको लागि सबै लोकतान्त्रिक शक्तिसँग मिल्दै हामी अगाडि बढ्ने छौ ।’  

उनले राजनीतिक पार्टीहरूले अब समृद्धि र समाजवाद तर्फ जानको लागि कार्यक्रम चरणबद्ध रूपमा अगाडि नबढाउने हो भने अलमलिएको र विभाजित भएको राजनीति सुधार हुन नसक्ने बताए । मुलुकको सबैभन्दा ठूलो समस्या बेरोजगारी भएको भन्दै उनले यसको समाधानका लागि कृषि, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य जस्ता कुराहरूमा समयानुकूल काम गर्न सकिएन भने देश विकास नहुने बताए ।  





  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १७:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया