logo-img

संघीयता विरोधीहरू सामाजिक सद्भाव बिगार्न सक्रिय भए : मुख्यमन्त्री यादव
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधीहरू सामाजिक सद्भाव बिगार्ने गतिविधिमा सक्रिय रहेको बताएका छन् । 

इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरूले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा सामाजिक सद्भाव बिगार्ने क्रियाकलापमा संघीयता विरोधीहरू सक्रिय रहेका बताएका हुन् । 

उनले सामाजिक सद्भाव बिगार्नेहरू र संघीयता विरोधीहरूबाट सचेत हुनु आवश्यक रहेको बताए । उनले संसारको कुनै पनि शक्ति संघीयताको विरोधमा लागे पनि संघीयतालाई खारेज गर्न नसक्ने बताए। उनले प्रदेश सरकारसँग आफ्नो प्रशासन नहुँदा सामाजिक सद्भाव बिगार्नेहरूलाई कारबाही गर्न नसकेको गुनासो गरे । 



संघ सरकारले त्यस्ता गतिविधि गर्नेहरूलाई कारबाही नगर्दा उनीहरूको मनोबल उच्च भइरहेको उनको भनाई छ ।  





  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १८:५६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया