चिकित्सकमाथिको आक्रमणबारे स्वास्थ्य मन्त्री- एक्लो प्रयासले केही हुन्न

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधारको लागि सबै एकताबद्ध भएर लाग्न आवश्यक भएको बताएका छन् । 

प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चिकित्सकहरूमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाहरूसँगको छलफलमा उनले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा विकास गर्नु सबैको दायित्व भएको बताए । 

उनले भने, ‘शान्ति सुरक्षाको हिसाबले यो क्षेत्रलाई व्यवस्थित गर्न हामी सबैको दायित्व हो, हामीले गर्ने नै हो र यसको साथै अरू व्यवस्था गर्नको लागि सबैले आँट गरेर दरो भएर प्रस्तुत हुनुपर्छ ।’

उनले स्वास्थ्य क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न स्वास्थ्यकर्मी र गृह मन्त्रालयको समन्वयमा स्वास्थ्य मन्त्रालयले आवश्यक समन्वय गरिरहेको  पनि रहेको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले आफ्नो अभियान अगाडि बढाएको छ, जसमा सम्बन्धित डाक्टरसँग समन्वय पनि रहेको छ । गृह मन्त्रालय पनि अगाडि बढेको छ।’

दरबन्दी नेपाल सरकारको पैसाले सिर्जना गर्ने हो भने उपकरणको लागि  अन्तर्राष्ट्रिय संस्था, निकाय र डाक्टरहरूको राष्ट्रिय सम्मेलनबाट भए पनि पैसा ल्याउन सक्ने उनको भनाई छ । 
त्यस्तै उनले चिकित्सा शिक्षा ऐनमा केही राम्रा पक्षहरूको सुरुवात भएको दाबीसमेत गरे ।  





  • प्रकाशित मिति : असोज १२, २०८० शुक्रबार १५:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया