logo-img

देशका लागि योगदान पुर्‍याउने व्यक्तिलाई जीवित हुँदा नै सम्मान गरौँ : मेयर महर्जन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देशका लागि योगदान पुर्‍याउने व्यक्तिलाई जीवित हुँदा नै सम्मान गर्न आवश्यक रहेको बताएका छन् । 

शनिबार ललितपुरमा आयोजित ‘भैरव अल्फा साइन्स’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले देशका लागि योगदान पुर्‍याउने व्यक्तिलाई जीवित हुँदा नै सम्मान गर्न आवश्यक रहेको बताए ।   

ललितपुर महानगरपालिकाले राष्ट्रलाई योगदान दिने व्यक्तिलाई सम्मानको नीति लिएको उनको भनाइ छ ।  



‘ललितपुर महानगरपालिकाले यो मुलुकको निमित्त यो शहरको निमित्त विभिन्न क्षेत्रबाट गर्नु भएको त्याग बलिदान तपस्यालाई हामीले जीवित अवस्थामा नै सम्मान गर्नुपर्छ,’ महर्जनले भने, ‘उहाँहरू बाँचेकै अवस्थामा सम्मान गर्यौ भने पक्कै पनि उहाँहरूको आयु बढ्छ भन्ने ललितपुर महानगरपालिकाले नीति लिएको छ ।’ 
  





  • प्रकाशित मिति : असोज १२, २०८० शुक्रबार २०:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया