यो वर्षको एसईई चैत पहिलो सातादेखि हुने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो सातादेखि एसईई परीक्षा हुने भएको हो ।

चैत पहिलो सातादेखि परीक्षा गरेर असारको दोस्रो हप्ता नतिजा प्रकाशन गर्ने बोर्डको कार्यतालिका  छ । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फारम छपाई र वितरण कात्तिक मसान्तसम्ममा गरिनेछ । जुन बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ । 
 
त्यस्तै, कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम मंसिर मसान्तसम्म भराउनेछ । त्यो शिक्षा विकास तथा समन्वय इकाईमार्फत हुनेछ ।  





  • प्रकाशित मिति : असोज १२, २०८० शुक्रबार २१:१३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया