नयाँ च्याटबट ल्याउँदै मेटा, च्याटजिपिटी जस्ता एआईलाई चुनौती

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान हुने, तर विभिन्न सेलिब्रेटीहरूको व्यक्तित्वसँग मिल्ने छ । 

यसका लागि र्यापर स्नुप डग, एनएफएल स्टार टम ब्रेडी, युट्युबर मिस्टर बिस्ट लगायतका सेलिब्रेटीसँग सहकार्य गरेको छ । मेटाको यो एआई टुल प्रारम्भिक चरणमा अमेरिकामा मात्र उपलब्ध हुने छ । 

त्यस्तै मेटाले प्रयोगकर्तालाई आफू अनुकूलको एआई टुल बनाउन सहयोग गर्ने उद्देश्यले एआई स्टुडियो समेत ल्याउने भएको छ । 

त्यसबाट बनाइने एआई असिस्टेन्ट वा च्याटबटलाई मेटाको विभिन्न मेसेजिङ प्लेटफर्ममा प्रयोग गर्न सकिने जनाइएको छ ।
 





  • प्रकाशित मिति : असोज १३, २०८० शनिबार १५:७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया