logo-img

एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज निर्वाचन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार कर्णालीमा आइतबार बिहान ८ बजेबाट मतदान सुरु हुनेछ ।  

शनिबार नै मतदान हुने भनिएको भए पनि सहमतिको प्रयास गरिएका कारण आज मतदान हुन लागेको हो । बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सिटी हलमा मतदान हुने रिजालले बताए ।  

प्रदेश अध्यक्षको लागि तीन जनाको उम्मेदवारी कायम रहेको छ । मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी छ ।  



अधिवेशनमा प्रदेशभरका ६ सय ४ जना प्रतिनिधि रहेका छन् ।  

यस्तै, एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।  अधिवेशनले नेतृत्व चयनका लागि आज बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मतदान हुने एमाले सचिव रघुवीर महासेठले जानकारी दिए ।  

प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन्। एमाले एमाले अधिवेशनका लागि ९ सय ९७ जना प्रतिनिधि छन् । 



अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ ।  



  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार ६:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया