logo-img

काेशी प्रदेश : राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिने बताएका छन् । काेशी प्रदेशमा हाल एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । 

आइतबार विराटनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङको गतिविधिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सिटौलाले कार्कीलाई विश्वासको मत दिन सकिने बताएका हुन् । 

विगतको निर्वाचनमा सहकार्य गरेको र प्रदेशमा राजनीतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने उनले बताए । उनले बहुमत पुग्ने अवस्थामा मात्रै विश्वासको मत दिन सकिने बताए । 



नेता सिटौलाले विपक्षी गठबन्धनले अहिलेसम्म राप्रपासँग समर्थन माग्नका लागि कुनै वार्ता गर्नसमेत नआएको बताए । कोशी प्रदेशका जनताले मध्यावधि नचाहेको र प्रदेशमा राजनीतिक स्थिरताका लागि ठूला दल मिल्नुपर्ने बताए ।





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १८:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया