logo-img

डब्ल्युएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी

सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालका वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । 

यही अक्टोबर ३१ (कात्तिक १४)मा हुने निर्वाचनमा बंगलादेशका उम्मेदवारसँग नेपालले प्रतिस्पर्धा गर्ने डा. आचार्यले आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतदाता मुलुकलाई नेपालको पक्षमा मतदान गर्न ‘अनुरोधपत्र’ सम्प्रेषणका निम्ति आग्रह गर्दै आफूलाई देशको प्रतिनिधित्व गर्ने प्रतिस्पर्धामा चयन गरेकामा प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गरे । 

डा. आचार्यले परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र मन्त्रालय, जेनेभा र न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगहरूले आवश्यक कूटनीतिक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउँदै २० वर्षपछि नेपाललाई प्राप्त यो अवसरबाट चुक्न नहुनेमा जोड दिए । 

दक्षिणपूर्वी एसिया निर्देशक पदमा भारत, माल्दिभ्स, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, म्यान्मा, नेपाल, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, श्रीलंका, टिमोर लित्से र भुटानले मतदान गर्नेछन् । 





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १८:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया