logo-img

प्रदेशहरू कामकाजी हुन सकेनन्, सोचेअनुसार काम भएन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशहरू कामकाजी हुन नसकेको बताएका छन् । जे सोचेर प्रदेशहरू निर्माण गरिएको हो त्यसअनुसार काम हुन नसकेको उनको भनाइ छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सङ्कल्प, उत्साह, एकता र रूपान्तरण विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ‘प्रदेशहरू एकदमै महँगो भइरहेका छन्’ उनले भने, ‘प्रदेशहरू जे सोचेर बनाएका थियौँ, त्यो अनुसार काम भएको छैन ।’

तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला भएका बेला पार्टीले बोलाएको पाँच दलको बैठकबाट नेपालमा अब एउटामात्रै केन्द्र राखेर हुँदैन प्रदेश बनाउनुपर्छ र प्रदेशलाई अधिकार दिनुपर्छ भनेर २०६१ सालमै सहमति भएको उनले स्मरण गरे । अगाडि उनी भन्छन्, ‘अहिले हामीले त्यहीअनुसार प्रदेश बनाएका हौँ । तर जे सोचेर बनाएका थियौँ, त्यो अनुसार काम भएको छ छैन ।’ 



कर्मचारी, प्रहरी जस्ता धेरै विषयमा कानुन बन्न नसकेको उनले बताए । प्रदेश मात्रै भनिएको तर अधिकार नभएको थापाको भनाइ छ । ‘प्रदेशको मुख्यमन्त्रीभन्दा त सिडिओ कति अधिकार सम्पन्न छ । शक्तिशाली छ’ थापाले भने, ‘प्रदेशलाई पङ्गु बनाएर राखिएको छ ।’ 





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १८:५२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया