logo-img

भारत स्वतन्त्र हुनुमा नेपालीको हात रहे पनि भारतले  कहिल्यै त्यस्तो भन्दैन : विमलेन्द्र निधी
फाइल तस्बिर


नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले भारत स्वतन्त्र हुनुमा नेपालीहरूको हात रहे पनि भारतले  कहिल्यै भन्ने नगरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘नेपालका हाम्रा पूर्वनेता बिपी, मनमोहन, तत्कालीन धेरै नेताले भारतको आन्दोलनमा गान्धी र अहिंसात्मक आन्दोलनमा सहभागी जनाउने मात्रै नभई जेलमा बसेका थिए । भारतीय राजनीतिज्ञ, साहित्यकार, इतिहासकार यसलाई महत्व दिनको त कुरै छोडौँ तर कुरा नै गर्न चाहँदैनन्,’ उनले भने, ‘हामीले पनि तपाईँहरूलाई स्वतन्त्र रहन सहयोग गरेका छौँ । तपाईँहरू नेपालमा हामीले स्वतन्त्रता दियौँ भन्नुहुन्छ । लोकतन्त्र दियौँ तर हामीले गरेको सहयोगको याद गर्नुहुन्न ।’  

उनले भारतको अहिंसात्मक आन्दोलनमा महात्मा गान्धीसँगै नेपालीहरूले पनि भारत स्वतन्त्र हुनका लागि आन्दोलन गरेको बताए । उनले भारतले पनि कहिल्यै पनि नेपालीहरू पनि भारत स्वतन्त्र हुनमा आन्दोलनमा उत्रिएका थिए भन्ने प्रसङ्ग ननिकाल्ने गरेको बताए  । उनले भारतीय राजनीतिज्ञ, साहित्यकार, इतिहासकारले सो कुरालाई ओझेलमा राख्ने गरेको बताए । नेता निधीले भारतले नेपालमा लोकतन्त्र ल्याउनमा आफूहरूको सहयोग रहेको मात्रै भन्ने गरेको बताए । 

उनले भने, ‘भारतको अहिंसात्मक आन्दोलनको जुन गान्धीजीको नेतृत्वमा भएको थियो । त्यसमा भारतीय जनताले त सहभागिता देखाएकै थियो । नेपाली जनता र नेपाली नेताहरूले पनि भारतीय आजादीमा सहभागिता जनाएका थिए । भारतमा यो सन्देश जाओस् । म चाहन्छु खास गरी भारतीय कार्यवाहक राजदूतजीको माध्यमबाट भारतमा जहिले पनि चर्चा हुन्छ, भारतको स्वतन्त्रताको जब कुरा हुन्छ, तब तपाई र तपाईँको इतिहास यति मात्रै भन्छ की गान्धीको नेतृत्वमा हामी भारतीय जनताले लडाइँको सफल बनाएका हौँ ।’ 

नेता निधीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको विरुद्धमा कुरा भएको भए त्यसबाट सचेत रहनुपर्ने बताउनु भयो । प्रणाली बदल्ने जरुरी नरहेको र बरु प्रणाली बलियो बनाउन संविधानमा थप संशोधन गर्न जरुरी रहेको बताए । 





  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार १८:३३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया