logo-img

एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् । सोमबार सकिएको मतगणनामा शाहले ३६९ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत पाएका छन् । प्रकाश रोकायले चार मत मात्र पाएका छन् ।

निर्वाचित अध्यक्ष शाहले पार्टीभित्र भएको लोकतान्त्रिक विधिमा विजय र पराजयलाई सामान्य रुपमा लिनुपर्ने बताउँदै सबैलाई मिलाएर लैजाने बताए । 



अध्यक्षमा पराजित शाहीले पनि हार–जित स्वाभाविक हुने भन्दै कुनै मतभेद भए आपसी सम्वादबाट हल गर्ने र पार्टीलाई कर्णालीमा पहिलो बनाउने बताए ।

यस्तै, उपाध्यक्षमा टेकराज पछाई निर्वाचित भएका छन् । उनले ३४२ मत पाउँदा लालबहादुर महताराले १७६ र दानसिंह परिवारले ५९ मत पाएका छन् । सचिवमा ध्रुवबहादुर शाही ४०६ मतका साथ चुनिए भने रूद्रबहादुर शाहीले १६९ मत पाए । 





  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार २१:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया