logo-img

एमसिसीकी सिइओ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

अमेरिकी सहयोग परियोजना एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।

सोमबार अपराह्न उनीहरूबीच एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको ओलीको निजी सचिवालयले जनाएको छ।

आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटसहितको टोलीले च्यासल पुगेर ओलीसँग भेट गरेको हो। 

भेटमा टोलीले एमसिसी कार्यान्वयनबारे चासो राखेको थियो। जवाफमा ओलीले एमसिसी कार्यान्वयन हुनेमा ढुक्क हुन आग्रह गरेका थिए ।  

एमाले परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले परियोजनाको सहमतिअनुसार नै अगाडि बढाउनुपर्ने र निर्धारित समयमा नै एमसिसी परियोजना सक्नुपर्ने भनाइ राखेको बताए ।  

एलिस अलब्राइटले एमसिसी कार्यान्वयनको तहमा पुगेको भन्दै निर्धारित समयमा नै एमसिसी परियोजना सक्ने लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गरेको भट्टराईले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार २२:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया