logo-img

अध्यक्ष केसीको प्रश्न : सरकारी सिफारिसमा अपराधीले छुट पाउने भए न्यायपालिका किन चाहियो ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सिफारिस गर्दैमा ज्यानमारा र अपराधीले छुट पाउने हो भने न्यायपालिका किन चाहियो ? भन्दै प्रश्न गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ताधारीहरुको फौजदारी मुद्दा लागेको अपराधीलाई राष्ट्रपतिले मिनाहा दिनु गलत भएको भन्दै सरकारले सिफारिस गरेर ज्यानमारा र अपराधीले छुट पाउने हो भने न्यायपालिका किन चाहियो ? भन्दै प्रश्न गरे । 
 
उनले भने, ‘राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा संविधान दिवसको अवसरमा फौजदारी मुद्दा लागेका अपराधीलाई जुन मिनाहा दिने काम भयो, यो अत्यन्तै गलत काम छ । यो राजनीतिक पार्टीको सत्ताधारीको सिफारिसमा जे आउँछ, त्यो मान्नुपर्छ भन्ने छैन । यदि सरकाले सिफारिस गरेर हरेक ज्यानमारा र अपराधीले छुट पाउने हो भने न्यायपालिका किन चाहियो ?’
 





  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार १७:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया