नेपाली क्रिकेट टिमको ध्यान अब विश्वकप छनोटमा [भिडियोसहित]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एसियाली खेलकुद खेल्न चीन जानुअघि नेपाली क्रिकेट टिम पदक जित्नेमा विश्वस्त थियो । टोलीमा आत्मविश्वास पनि उच्च नै थियो । तर, मंगलबार भएको क्वाटरफाइनल खेलमा भारतसँग २३ रनको हारले नेपालको पदक सपना समाप्त भयो । 

नेपाल लगातार तेस्रोपटक क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

यसअघि सन् २०१० मा श्रीलंकासँग तथा २०१४ मा अफगानिस्तानविरुद्धको हारले नेपालले सेमिफाइनलको यात्रा गर्न सकेको थिएन । एसियन गेम्समा पदक जित्न नसकेको नेपाली क्रिकेट टिम अब टी–२० विश्वकप छनोटको तयारीमा जुट्नेछ । 

छनोट प्रतियोगिता कार्तिक १३ गतेदेखि काठमाडौंमा आयोजना हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालले समूह चरणमा ओमान, सिंगापुर र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, समूह ‘बी’ मा एसिया क्वालिफायर ‘ए’ जित्ने टिम, यूएई, हङकङ र बहराइन रहेका छन् ।  

दुवै समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा गर्नेछन् ।



सेमिफाइनल जित्ने दुई टिमले आउँदो वर्ष वेस्ट इण्डिज र अमेरिकामा हुने विश्वकप खेल्ने मौका पाउनेछन् । घरेलु मैदानमा छनोट प्रतियोगिता खेल्न लागेको नेपालसामु दोस्रोपटक विश्वकपमा पुग्ने सुनौलो मौका छ । 



नेपालले पहिलोपटक सन् २०१४ मा विश्वकप खेलेको थियो । विश्वकप छनोटअघि नेपालले घरेलु मैदानमै यूएई र हङकङसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने तालिका छ । यो सिरिज असोज ३० देखि कार्तिक ९ गतेसम्म हुनेछ । 

सिरिजको खेल कीर्तिपुरस्थित त्रिवि र मूलपानी मैदानमा हुनेछन् । सिरिज राउन्ड रोबिनको आधारमा हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल त्रिवि मैदानमा खेलाइनेछ ।    

  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार १३:३६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया