एसिसी यू-१९ प्रिमियर कपका लागि देवको कप्तानीमा नेपाली टोली घोषणा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एसिसी यू-१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ। मलेसियामा अर्को साता सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

प्रिमियर कपका लागि गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जित्दाको टोलीलाई नै निरन्तरता दिइएको छ। प्रिमियर कपको शीर्ष ३ मा रहने टोलीले आगामी डिसेम्बरमा हुने यू १९ एसिया कपका स्थान बनाउनेछ। समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनमा स्थान बनाउनेछन् ।

नेपाल रहेको समूह ए मा बहराइन, साउदी अरेविया र ईरान छन्। समूह बी मा युएई, ओमान, कतार र चीन तथा मसमूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र मालदिभ्स छन्। समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन्।

प्रिमियर कप असोज २५ देखि कार्तिक ७ गतेसम्म चल्नेछ। समूह चरणको पहिलो खेलमा नेपालले २५ गते इरानसँग खेल्दै प्रिमियर कपको सुरुआत गर्नेछ। २८ गते घटस्थापनाको दिन बहराइनसँग तथा समूह चरणको अन्तिम खेलमा कार्तिक २ गते साउदी अरेवियासँग खेल्ने तालिका छ।

यस्तो छ नेपाली टोलीः

देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द र मिलन बोहरा



वैकल्पिक खेलाडी

प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव
 



  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार १७:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया