महिला भलिबलमा भारतद्वारा नेपाल पराजित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल भारतसँग बुधबार ३–१ ले पराजित भएको छ । 

हाङझाव नर्मल युनिभर्सिटी कानक्विन जिम्न्याजीमा भारतले नेपाललाई २५–३३, २६–२८, २५–२३ र २५–१७ को सेटमा पराजित गर्यो ।
       
नेपाल प्रतियोगिताबाट बाहिरिए पनि शीर्ष आठबाहेकका बाँकी स्थान छुट्याउनका लागि पनि खेल हुने भएको हुँदा नेपाली महिला टोलीले अरु खेल खेल्ने मौका पाएको हो । 

समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पछि परेको थियो ।
       
भारतसँग पराजित भएपछि नेपालले ९ देखि १२औँ स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ ।
       
हङकङलाई पराजित गरेमा नेपालले नवौँ स्थानका लागि अर्को खेल खेल्नेछ । उक्त खेलमा पराजित भए ११औँ स्थानका लागि नेपालले अन्तिम खेल खेल्नेछ ।
 





  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार १८:५७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया