भक्तपुरको राधेराधेमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु
प्रतीकात्मक तस्वीर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भक्तपुरको राधेराधेमा कारको ठक्करबा एक पैदलयात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार कारको ठक्करबाट जनकपुर स्थायी घर भइ हाल राधेराधे बस्ने ५८ वर्षीय योगराज बरालको मृत्यु भएको हो ।  

आज बिहान साढे ६ बजे मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित दुवाकोट मोडबाट पुरानो ठिमीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०४१प ३३१९ नं. को मोटरसाइकल र पुरानो ठिमीबाट राधेराधेतर्फ आउँदै गरेको बा. ५ च. २०४९ नं. को कार आपसमा ठोक्किएका थिए । 

मोटरसाइकलसँग ठोक्किएपछि अनियन्त्रित भएको कारले पैदलयात्रा गरिरहेका बराललाई ठक्कर दिएको थियो । घाइते बरालको उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए । 





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार १४:१६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया