शाहीको टिप्पणी : यो व्यवस्था ३६ हजार जनप्रतिनिधिका लागि मात्रै हो ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले यो व्यवस्था कसका लागि ?  भन्दै सरकारलाई प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आन्दोलन रहर नभई बाध्यता भएको बताए ।
 
‘आन्दोलन भनेको रहर हैन बाध्यता हो । यो देशमा शिक्षक आन्दोलनमा छन, कर्मचारी आन्दोलनमा छन्, चिकित्सक आन्दोलनमा छन्, धर्मको नाममा विभिन्न जातिय हिंसा र धार्मिक हिंसा भइरहेका छन्,’ उनले भने, ‘निर्माण व्यवसायी, व्यापारी आन्दोलनमा छन, किसान आन्दोलनमा छन् ।  विद्यार्थी सडकमा छन् । आज पनि चिकित्सक सुरक्षित छैनन् । अनि यो व्यवस्था कसका लागि ?’
 
यो व्यवस्थामा युवा खुसी भएको भए ८२ लाख युवा अर्काको देशका जानु पर्दैनथ्यो भने । यो व्यवस्था ३६ हजार जनप्रतिनिधिका लागि मात्रै भएको तर्क गर्दै उनले यो व्यवस्था न किसानको लागि, न विद्यार्थीका लागि, न शिक्षकको लागि, न जनताको लागि ८८४ जना सांसद र ३६ हजार जनप्रतिनिधिका लागि मात्र उत्तम रहेको बताए । 
 





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार १६:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया