logo-img

एमालेको समर्थनमा ‘कथित जनयुद्ध’को बिदा दिएको हो, अहिले विरोध गर्नुको तुक छैन : प्रदीप पौडेल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सहिदको सम्मानका लागि बिदा दिने कुरा ठिक नभएको बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

मानिसलाई युद्धमा ल्याउने नेतृत्वले उनीहरुको परिवार र देशका लागि काम गरेर देखाए मात्रै उनीहरुप्रतिको सम्मान हुने बताए । नेपालको गरिबी अन्त्य गर्ने, जनयुद्धमा सहादत प्राप्त गरेका सहिदको सम्मान हुने, उत्पीडित जनताले सुख पाउने गरी देश समृद्ध हुने नीति ल्याए मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालको काम सही रहेको ठहर हुने उनले बताए । 

सत्तामा बस्ने जनताका निम्ति कुनै काम नगर्ने र कुनै दिन बिदा दिएर सहिदलाई सम्झने कुरा गलत भएको उल्लेख गर्दै उनले भने, ‘नेपालमा कस्तो परिस्थिति छ भने सही गलत के हो ? त्यो नछुट्याउने । सत्तामा छु कि विपक्षमा छु, भन्ने आधारमा अभिव्यक्ति दिने जुन चलन छ, त्यो गलत छ ।’ 



एमाले अध्यक्ष केपी शर्मा ओलीले आज आएर जनयुद्ध दिवसको दिनमा दिएको बिदाको बिरोध गर्ने कुरामा कुनै तुक नरहेको उनले बताए । 

‘किनभने उहाँले प्रचण्डजीलाई प्रधानमन्त्रीका रुपमा समर्थन गरेको बेला थियो । उहाँहरुले त्यो बेलामा बिदा दिनका निम्ति समर्थन गर्नुभयो,’ उनले भने, ‘उहाँहरुको समर्थनको कारणले कथित जनयुद्ध दिवसको दिन बिदा दिनेकुरा स्वीकृत भयो । जसको समर्थनका कारणले स्वीकृत भएको हो, त्यो व्यक्ति एक वर्षपछि गलत थियो भन्ने, त्यही बेलामा किन भन्न नसकेको ?’
 





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार २०:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया