logo-img

शिक्षामा व्यापारीकरण नै दुर्दशाको कारण हो : चित्रबहादुर केसी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले देशमा शिक्षामा व्यापार भइरहेको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा ऐन, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले देशको दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीको खराबी र शिक्षामा व्यापार भएको बताए । 

उनले भने, ‘हामी सबैलाई महसुस भएको छ आज देशको यो दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीमा भएको खराबीले हो । तर मुख्य खराबी के भने शिक्षामा व्यापार भयो । शिक्षा स्वास्थ्य रोजगारीको जिम्मा जुन देशको सरकारले लिँदैन । त्यो देशको कति विकास भएको छ ?’

उनले आज शिक्षामा निजीकरण ,व्यापारीकरण गरेकालाई नै मन्त्री सम्म बनाउने गरेको भन्दै आपत्ति जनाए । यदि देशलाई ठीक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाई छ । 





  • प्रकाशित मिति : असोज १९, २०८० शुक्रबार १४:३१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया