नेताहरू गैरजिम्मेवार बन्दा सामाजिक अराजकता बढ्यो : ईश्वर पोखरेल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले नेतृत्वमा रहेको राजनीतिकपार्टीका नेता गैरजिम्मेवार बन्दा सामाजिक अराजकतालाई बढावा मिलेको आरोप लगाएका छन् । 

शुक्रबार काठमाडौं नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन उद्‍घाटन कार्यक्रममा उनले राष्ट्रहितका लागि मिसन ८४ मा लाग्ने बताए ।  

‘राष्ट्रिय हितको लागि मिसन ८४ मालाग्नु पर्छ । देशमा समाजिक अराजकता देखिएको छ । अहिले नेतृत्वमा रहेको राजनीतिक पार्टीका नेताहरूका गैरजिम्मेवार भूमिकाले सामाजिक अराजकतालाई बढावा मिलिरहेको छ । यो अराजकताको अवस्था बढ्दै गयो भने हाम्रो मुलुक डरलाग्दो संकटको सामु पुग्नेछ ।’

उनले राजनीतिक स्थिरताको सुनिश्चितता गर्न आवश्यक भएको बताए । राष्ट्रिय सुरक्षा र आर्थिकहितका कुराहरू दिनदिनै क्षतिग्रस्त आवस्थामा पुगेको पोखरेलको भनाइ छ । 





  • प्रकाशित मिति : असोज १९, २०८० शुक्रबार २३:२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया