जीवनोपयोगी शिक्षाको आवश्यकता बढ्दै गइरहेको छ : परराष्ट्र मन्त्री

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

परराष्ट्र मन्त्री नारायण प्रकाश साउद (एनपी) ले शैक्षिक क्षेत्रको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर व्यावसायिक शिक्षाको गुणस्तरलाई बढाई अगाडि लैजान जीवनोपयोगी शिक्षाको आवश्यकता भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित जिपी कोइराला मेमोरियल सामुदायिक कलेजद्वारा आयोजित एक कार्यक्रमको सम्बोधन गर्दै उनले शैक्षिक क्षेत्रलाई सुधार गर्न व्यावसायीक र प्राविधिक शिक्षा आवश्यक भएको बताए । 

उनले भने,‘अहिले प्राविधिक र व्यवसायीक शिक्षाको आवश्यकता मुलुकभरि बढेर गएको छ, र यो व्यवसायीक शिक्षा जीवन उपयोगी भएकाले रोजगारी पनि दिन्छ आज त्यो शिक्षाको मुलुकमा आवश्यकता छ ।’

उनले राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाएर अगाडि लैजाने विषय महत्त्वपूर्ण भएको उल्लेख गरे । उनले भने,‘हामीले शैक्षिक क्षेत्रमा राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर र जनशक्तिको आवश्यकतालाई दृष्टिगत गरेर शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाएर कसरी अगाडि लैजान सक्छौँ भन्ने कुरा महत्त्वपूर्ण छ ।’ 





  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार १२:५९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया