logo-img

कांग्रेस प्रतिस्पर्धामा खुला ढंगले उत्रनुपर्छ : प्रदीप पौडेल
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताएका छन् । ‘पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अगाडि बढाउन सक्षम, योग्य नेतृत्व चयन गर्ने अधिकार आमनागरिकमा दिनुपर्छ,’ नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले भने ।

पौडेलले आमनागरिकबाट नेतृत्व चयन गर्ने व्यवस्था लागू भयो भने पार्टीभित्र हुने गुटबन्दीको अन्त्य हुने विश्वास व्यक्त गरे । ‘देशको महत्त्वपूर्ण कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस पार्टी अहिले कांग्रेसको पहिचानभन्दा पनि कांग्रेसभित्र गुटको पहिचान रहेको छ । नेपाली समाजको पार्टी रहेको कांग्रेस प्रतिस्पर्धामा खुला ढङ्गले उत्रनुपर्छ,’ पौडेलले भने ।

कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जिल्लाका सबै वडा र पालिकामा भेला सम्पन्न गरिसकेको जानकारी गराउँदै पार्टीमा योगदान गरेका ज्येष्ठ सदस्यलाई सम्मान, पार्टी सुदृढीकरण, सामाजिक कार्य र हितका विभिन्न कार्यमा पार्टीले महत्त्वपूर्ण काम गरेको बताए । 







  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार ७:७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया