जसपाको लुम्बिनी प्रदेश समिति पुनर्गठन, अध्यक्षमा अशोक यादव

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार दाङको लमहीमा सम्पन्न भेलाले अशोककुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरेको हो ।  

समितिको उपाध्यक्षमा अब्दुल रसिद, राम अवतार यादव, चन्द्रा धामा हरिजन मुख्यसचिव राजन राना मगर, सचिव हिमानी थापा, नेत्र थापा, सन्दीप पाण्डेय र कोषाध्यक्ष अम्बिका काफ्ले रहेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं लुम्बिनी प्रदेशका इन्चार्ज राजकिशोर यादव, राजनीतिक समिति सदस्य केशव पौडेल, मनिकर कार्कीलगायत नेताहरूको उपस्थिति रहेको थियो ।   





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार ८:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया