logo-img

प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधान सेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा ६ दिवसीय औपचारिक भ्रमणका लागि उनी बेलायत प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरे । प्रस्थान गर्नुपूर्व प्रधानसेनापतिलाई जङ्गीअड्डामा सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

बेलायतमा रहँदा प्रधान सेनापति शर्माले वेल्स, ब्रेकनस्थित सेन्नीबृज तालिम शिविर क्षेत्रको भ्रमण गर्नाका साथै त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेयन पट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्ने छन् । भ्रमणका दौरान प्रधान सेनापतिको बेलायती समकक्षी जनरल स्यान्डर्ससँग शिष्टाचार भेटघाट हुनेछ । 

त्यस्तै, उनले बेलायती सेनाका स्थल युद्ध विभागका निर्देशक रोयल कलेज अफ स्टडिज र रोयल मिलिटरी एकेडेमी स्यान्ड्रस्टका प्रमुखहरुसँग भेटघाट गर्नुका साथै गोर्खाहरूको ब्रिगेडको समेत भ्रमण गर्नेछन् ।

बेलायत भ्रमण सकेर प्रधान सेनापति शर्मा यही २७ असोजमा स्वदेश फर्कने छन् । 





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार १४:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया