logo-img

निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । फिल्म ‘प्रसाद २’ का 
फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठको उजुरीका आधारमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

आफ्नो मन्जुरीविना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर करोडौँ ठगी गरेको आरोप उनीहरूविरुद्ध लागेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आफूहरुको मञ्जुरीविना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेको भनेर निर्माता बस्नेत र श्रेष्ठले तीनजनाविरुद्ध उजुरी दिएका छन् ।

तीनजनामध्ये एक ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल भने शुक्रबार नै पक्राउ परेका छन् । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार १६:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया