शिक्षकका मागबारे शिक्षामन्त्री : अर्थतन्त्रले नधान्ने र संविधानले नमान्ने माग पूरा हुँदैन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षक आन्दोलनको क्रममा शिक्षकसँग भएको समझदारी अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर सम्बोधन हुने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले शिक्षालाई मद्दत गर्ने र शिक्षकलाई सुयोग्य बनाउने उपयुक्त र जायज मागमा सरकार सकारात्मक रहेको भन्दै अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर सम्बोधन हुने बताएका हुन् । 

‘शिक्षकहरूसँग भएको समझदारी सम्बोधन हुनुपर्छ भनेर माननीयज्यूहरूले राय राख्नुभएको छ  । यसमा निश्चय नै उपयुक्त र जायज माग, जसले शिक्षालाई मद्दत गर्छ, शिक्षकहरूलाई सुयोग्य बनाउन, सम्मानीत बनाउँछ र सही ढंगले क्रियाशील बनाउन मद्दत गर्छ, ती मागमा हामी सकारात्मक रहन्छौँ,’ उनले भने, ‘वार्ताका क्रममा पनि भनेका थियौँ, अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर शिक्षकको सबै कुरा पुरा गर्छौं, भनेको थियौँ, त्यसमा अहिले पनि प्रतिबद्ध छौँ ।’

मन्त्री राईले विधेयक बनाउने र दर्ता गराउने विषयमा सरोकारवालासँगको छलफलमा कहीँ कतै खाली ठाउँ देखापरेको बताए । विधेयक पास भए बेस्ट एन्ड ब्राइट शिक्षक आउने उनले दाबी गरे । 





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार १६:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया