logo-img

इजरायलबाट नेपाल फर्किन दुई सय नेपालीले टिपाए नाम

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इजरायलमा हमासको आक्रमणबाट त्रसित बनेका नेपालीहरू नेपाल फर्किन आतुर छन् । हालसम्म २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएका छन् ।

तेल अबिबस्थित नेपाली दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन समेत सुरु गरेको छ ।

अहिलेसम्म २०० भन्दा बढीको विवरण संकलन भइसकेको भन्दै दूतावासले भनेको छ, ‘इजरायलमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ ।’



हमास समूहले शनिबार गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ । अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् । 

उनीहरुमध्ये ३२ जनालाई त्यहाँको सेनाले बंकरबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।





  • प्रकाशित मिति : असोज २२, २०८० साेमबार २१:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया